पर्वत । प्रतिनिधिसभाका उम्मेदवार मनहरी तिमिल्सिनाको पक्षमा प्रत्यासी उम्मेदवार रहेका पदम गिरीको गृहगाउँ दुर्लुङमा स्थानीयले व्यापक समर्थन जनाएका छन् । चुनावी अभियानका क्रममा दुर्लुङ पुगेका तिमिल्सिनालाई स्थानीयले स्वागत गर्दै यसपटक मत परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । सदरमुकाम नजिक रहे पनि दुर्लुङले अपेक्षाअनुसार विकास नपाएको भन्दै स्थानीयले बौद्धिक र सक्रिय नेतृत्वको आवश्यकता औँल्याए ।…