तुलसीपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले डिजिटल प्रविधिमार्फत सार्वजनिक गर्ने भएको छ। विगतमा स्पिकरमार्फत मतपरिणाम सार्वजनिक गर्ने गरिएको भए पनि यस वर्षदेखि डिस्प्ले बोर्ड प्रयोग गरी नतिजा सार्वजनिक गर्ने तयारी गरिएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए। उनका अनुसार डिस्प्ले बोर्ड र वेबसाइटमार्फत…