सिमकोट। जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबारदेखि लागू हुने गरी जिल्लाभर मदिरा बिक्री–वितरणमा पूर्ण रोक लगाएको छ। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार निर्वाचन सम्पन्न भई…