काठमाडौं। प्रेस काउन्सिल नेपालले निर्वाचनको अवधिमा पूर्ण रूपमा निष्पक्ष एवं उत्तरदायी बन्न आग्रह गरेको छ । मुलुकभरका आमसञ्चारमाध्यमको नियमित अनुगमन गरिरहेको काउन्सिलले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पनि पत्रकार आचारसंहितासहित निर्वाचन आचारसंहिता पालना भए÷नभएको विषयमा विशेष अनुगमन भइरहेको जनाएको छ । काउन्सिलले पछिल्लो समय केही सञ्चारमाध्यमबाट निर्वाचन तथा मतदातालाई प्रभाव पार्ने किसिमले ‘चुनावी विश्लेषण’, ‘विशेष…