पर्वत। पर्वतमा प्रतिनिधि सभाका कान्छा उम्मेदवार मनहरि तिमिल्सिनाले विदेशबाट आएको रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।
कुस्मा नगरपालिका पाङमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले भने, “विदेशबाट प्राप्त रेमिट्यान्सलाई केवल उपभोगमा सीमित नगरी उत्पादक र दीर्घकालीन लगानीमा प्रयोग गर्नु आजको आवश्यकता हो। यसले गाउँ–समाजमै साना उद्योग, कृषि र सेवा क्षेत्रमा रोजगारी सिर्जना गर्न सहयोग पु-याउँछ।”
तिमिल्सिनाले विदेशमा श्रम गरिरहेका दाजुभाइ–दिदीबहिनीका परिवारमा वित्तीय साक्षरता अभिवृद्धि, बचत, सहकारी र उद्यमशीलतामा जोड दिनुपर्नेमा विशेष जोड दिए । उनले अनुत्पादक खर्चले क्षणिक राहत दिने भएपनि सामूहिक लगानी र दिगो योजनाले मात्रै दीर्घकालीन समृद्धि सुनिश्चित हुने उल्लेख गरे ।
स्थानीय विद्वत् वर्ग, नागरिक अगुवा र जनसमुदायसँगको भेटघाट व्यस्त रहेका तिमिल्सिनाले स्थानीय समस्या, सम्भावना र विकासका प्राथमिकताबारे खुला छलफल गर्नुपर्नेमा जोड दिए। पाङ र खुर्कोट बासीका समस्या नजिकबाट नियालेको भन्दै उनले जनताले दिएको साथ हौसला सुझाव र सल्लाहले आँफू र समुदायबीच आशा, विश्वास र समझदारीलाई अझ बलियो बनाएको बताए।
स्थानिय जनतासंगको सहकार्य र संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै गाउँ–समाजमा दिगो समृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्थानीयसँग मिलेर अगाडि बढ्ने प्रतिवद्धता तिमिल्सिनाले जाएर गरे । तिमिल्सिनाले युवालाई स्वरोजगारको अवसर दिन साना उद्योग र उद्यमशीलतामा जोड दिँदै किसानलाई आधुनिक कृषि प्रविधि र सिँचाइ सुविधा उपलब्ध गराएर उत्पादन वृद्धि र आत्मनिर्भरता सुनिश्चित गर्न आँफू सदैव लागिपर्ने उल्लेख गरे ।
भौतिक पूर्वाधार, सडक विस्तार र यातायात सुधार,सडक, पुल, विद्युत र संचारजस्ता भौतिक पूर्वाधारमा लगानी गरी दैनिक जीवन सहज बनाउने र उत्पादन–बजारसम्म पहुँच सुधार्ने योजनामा रहेकोले पनि तारा चिन्हमा मतदान गर्न आम जनसमुदायलाई आग्रह गरे । उनले शिक्षा र स्वास्थ्य सेवाको पहुंच र गुणस्तर सुधार गर्दै गाउँमै उत्पादन हुने वस्तुको बजार व्यवस्थापन र मूल्य सुनिश्चितता गर्ने मुद्दामा सदैव लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
चुनावी अभियान लिएर पाङमा पुगेका उनलाई स्थानियले भव्य स्वागत गर्दै पर्वतले खोजेजस्तो उम्मेदवार बल्ल पाएको बताएका मिनराज केसी अविरलले जानकरी दिएका छन् । तिमिल्सिनाको घरदैलो अभियानले आमजनता र उम्मेदवारबीच सहानुभूति र आपसी सम्मानको सम्बन्ध अझ प्रगाढ अविरलले बताए ।





























प्रतिक्रिया