काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय भेला गर्ने भएको छ । विशेष महाधिवेशनबाट बाहिरिएको सो समूहले राष्ट्रिय सभाको निर्वाचनपछि राष्ट्रिय भेला गर्ने तयारी गरेको होे । राष्ट्रिय सभाको निर्वाचन भोली हुँदैछ । राष्ट्रिय भेलाको तयारीका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेताहरुसंगको छलफललाई तिव्रता दिएका छन् । विशेष महाधिवेशनपछि विकसित पार्टीको…