गुल्मी। पहिरोले पटक पटक जीवन र बस्ती लुटेको मुसिकोट नगरपालिका–१ बिसौनाका पीडित परिवारले डेढ दशकपछि बल्ल लालपूर्जा पाएका छन् । बिसौनाबाट विस्थापित १५ घरपरिवारले बस्ती स्थानान्तरणका लागि थामडाँडामा खरिद गरिएको जग्गाको जग्गाधनी प्रमाणपत्र पाएका हुन् । बिसौनाको पहिरो इतिहास दर्दनाक छ । विसं २०६४ र २०८१ मा गएको पहिरोले एउटै बस्तीबाट १० जनाको ज्यान लिएको…