पर्वत। डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालले मोदिबेणी दिब्यधाममा आश्रित ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ। स्वर्गीय समाजसेवी तथा राजनीतिक व्यक्तित्व डिल्लीराम लामिछानेको १०औँ स्मृति दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य रेखा गुरुङले स्व. लामिछाने निष्ठा, त्याग र आदर्शको प्रतीक भएको उल्लेख गर्दै सामाजिक सेवामार्फत उनका मूल्य र आदर्शलाई…