झापा। पूर्वको पशुपतिनाथको नामले प्रसिद्ध अर्जुनधारा जलेश्वरधाममा ४३औँ वार्षिक अनुष्ठानका रुपमा महायज्ञ सुरु भएको छ । अर्जुनधारा नगरपालिका–७ मा रहेको जलेश्वरधाममा सुरु भएको महायज्ञ आगामी मङ्सिर ३ गते बालाचतुर्दशीका दिन सतबिज रोपनपछि समापन हुने अर्जुनधारा जलेश्वरधाम व्यवस्थापन समितिका अध्यक्ष नवीन गट्टानीले बताए। महायज्ञको उद्घाटन धार्मिक गुरु १००८ केशवानन्द स्वामीले गरे । उनले नयाँ पुस्तालाई संस्कार–संस्कृतिको…