काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीमा सामेल विभिन्न दलहरुमा आवद्ध रहेका विधार्थी संगठनहरुविच सांगठनिक एकताको पहल शुरु भएको छ । दलहरुबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले विद्यार्थी संगठनबीचको एकतालाई संस्थागत र व्यवस्थित बनाउने उद्देश्यसहित कार्यदल गठन गरेको हो। क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यलय बैठकले एकताको प्रक्रिया…