धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले भयरहित वातावरणमा तोकिएकै मितीमा निर्वाचन सम्पन्न हुने बताएका छन् । गृह मन्त्रालयले मङ्गलबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीहरू र लुटिएका हतियारहरूका कारण आगामी प्रतिनिधिसभा निर्वाचन बिथोलिन नदिने उद्घोष गरे। सुरक्षा चुनौतीको व्यवस्थापनमा सरकारले विशेष अभियान चलाएको र चुनावअघि नै…