काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाभर ड्रोन प्रयोगमा अस्थायी रोक लगाएको छ। कार्यालयले एक जरुरी सूचना जारी गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, व्यवस्थित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सुरक्षा निकाय बाहेक अन्य कुनै निकाय, संघ–संस्था वा व्यक्तिबाट सञ्चालन हुने ड्रोन प्रयोगमा प्रतिबन्ध लगाइएको…