सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। उक्त आदेशसँगै निर्वाचन आयोगलाई निर्वाचनको गतिविधि सञ्चालन गर्न बाटो खुलेको छ। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले मंगलबार कारण देखाउ आदेश जारी गरेपछि आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न बाटो खुलेको हो। महोत्तरीको भँगाहा नगरपालिकाका मेयर…