काठमाडौं। नेपाली राजनीतिमा केही पात्र केवल व्यक्ति हुँदैनन्। उनीहरू समयको साक्षी, प्रवृत्तिका प्रतिनिधि र विचारको उतार–चढावका जीवित दस्तावेज बन्छन्। रामबहादुर थापा ‘बादल’ त्यस्तै पात्र हुन्। माओवादी जनयुद्धका कठोर कमाण्डरदेखि आज नेकपा एमालेका उपाध्यक्षसम्म आइपुग्दा उनको राजनीतिक यात्रा पद परिवर्तनको कथा मात्र होइन, विचार बदलिँदै गएको एउटा गहिरो संकेत पनि हो। जनयुद्ध सुरु हुँदा बादलको नेतृत्व…