काठमाडौं । सत्तारुढ दल कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारद्वारा प्रतिबन्धित सामाजिक सञ्जाल चलाएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले व्यंगात्मक टिप्पणी गरेका छन् । सभापति देउवाले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको भन्दै तस्बिरहरू हालेका थिए । त्यसमै मेयर बालेनले याे पाेष्ट कुन भिपिएनबाट गरेकाे…