काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त भएका छन् । कांग्रेससहित सात दलको समर्थनमा दाबी गरेका यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री नियुक्त गरेका हुन् । योसँगै मधेशले छैटौं मुख्यमन्त्री पाएको छ । शुक्रबारको सात दलको बैठकमा यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियाे । यो सहमतिमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत…