काठमाडौ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाल स्काउट समयसापेक्ष रुपान्तरण हुनुपर्ने बताएका छन्। स्काउटको ७३औँ स्थापना दिवसको सन्र्दभमा मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा बढाउन ‘डिजिटल स्काउटिङ’ बनाउनुपर्ने सुझाव दिए। प्रमुख स्काउटसमेत रहेका मन्त्री श्रेष्ठले परिवर्तन आत्मसात् गर्दै स्काउटको मूल्यमान्यता भने यथावत राख्नुपर्ने बताए। समाजमा निःस्वार्थ भावना राखेर सहयोग पु-याउँदै आएको स्काउटको महत्व अपरिहार्य रहेको उनले…