लिभिङ टुगेदरलाई कानूनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनु भट्टराईले बिहीबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी हुन् । नेपालमा हालसम्म लिभिङ टुगेदरसम्बन्धी कानून नभएकाे र हाल याे संख्या बढ्दै जाँदा विभिन्न समस्या देखिएको भन्दै अधिवक्ता भट्टराईले यसलाई व्यवस्थित गर्न कानून बनाउन माग गर्दै रिट दायर गरेकी हुन् ।…