आज साउन महिनाको अन्तिम सोमबार। पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ। साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन्। साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ। बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ। काठमाडौँको सुन्दरीजलबाट ल्याइएको जल…