बलेवा कालभैरवको प्रचारप्रसार र प्रवर्द्धनका लागि ‘हरेलो मेला’को तयारी गरिएको छ। बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका-१२ अमलाचौरस्थित कालभैरव मन्दिर परिसरमा भदौको पहिलो मङ्गलबार (भदौ ५ गते)हरेलो मेला गर्न लागिएको हो। वर्षायाममा रोपेको धानमा कटाहा (मुसा) नलागोस्, बाली नमासियोस्, पाकेको बाली सहजै भित्र्याउन सकियोस् र अन्न राम्रो उत्पादन होस् भन्ने कामना गर्दै हरेक वर्ष भदौको पहिलो…