नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा असार मसान्तसम्ममा ८७ प्रतिशत रोपाइँ सकिएको छ। ढिलागरी मनसुन सुरु भएकाले यसवर्ष जिल्लामा असार मसान्तसम्म गतवर्षको तुलनामा १० प्रतिशत कम रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। उक्त केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले अघिल्लो वर्ष असार मसान्तसम्म ९७ प्रतिशत धान रोपाइँ सकिएको बताए।“लामो समयदेखिको खडेरीका कारण यो वर्ष देशैभर धान रोपाइँ ढिलो सुरु…