नेपाली कांग्रेस निकट नेपाल पर्यटन श्रमिक सङ्घको अध्यक्षमा ईश्वरप्रसाद लामिछाने निर्वाचित हुनुभएको छ । सङ्घको सोमबार राति सम्पन्न तेस्रो महाधिवेशनले उहाँको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण गुरुङ, उपाध्यक्षमा केशव मैनाली, लोकबहादुर गुरुङ र मिलन अधिकारी, महासचिवमा प्रकाश रिजाल र टेकबहादुर गुरुङ, उपमहासचिवमा दिपेन्द्र धरेल र सुरज…