नेपालका १६ वटा जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी रहेको तथ्य सार्वजनिक भएको छ । ७०औँ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित आनन्दवन अस्पतालले आयोजना गरेको अन्तरक्रियामा नेपालका १६ जिल्ला कुष्ठरोग मुक्त हुन बाँकी रहेको तथ्य सार्वजनिक गरिएको हो । ती जिल्लाहरुमा झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही,…