देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ कान्छीचोक चतरा सडकमा को.२ च ८४४ नम्बरको पिकअपको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका–३ बस्ने ६३ वर्षीय चन्द्र राज दाहाल छन् । उनको बुधबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको…