बाँके, सल्यान र रुपन्देहीमा डुबेर तीन जनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ मन्निपुरूवा बस्ने सखिल पठानको ७ वर्षीय छोरा अन्नान पठानको सोही ठाउँस्थित पोखरीमा डुबेर आइतबार मृत्यु भएको छ । घर नजिकैको पोखरीमा खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि भेरी अस्पताल नेपालगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सल्यानको कुमाख गाउँपालिका–३…