कोभिडका बिरामीलाई आवश्यक औषधि मानिएको रेम्डेसिभिरको कार्टेलिङ गर्ने, लुकाउने, बढी मूल्य लिनेलाई औषधि व्यवस्था विभागले कडा कारबाही गर्ने भएको छ। मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको कोभिड १९ सम्बन्धी उपसमितिको छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले रेम्डेसिभिरको सहज पहुँचका लागि बजार अनुगमन कडा बनाइएको बताए। कुनै बिक्रेताले औषधिको मूल्य लगायतको विक्रिमा अवैध…