बारा । ड्युटीकाे क्रममा बेहोस भएका सशस्त्र प्रहरीका निरीक्षक (इन्स्पेक्टर) मृत्यु भएको छ । बोर्डर आउट पोष्ट कबहीगोठका इन्चार्जसमेत रहेका इन्सपेक्टर नारायण सिंह ऐरको मृत्यु भएको हो ।उनी ड्युटीकै क्रममा अचानक एक्कासी लडेर बेहोस भएका थिए । बिहानैदेखि ड्युटीमा खटिएका उनी दिउँसो अचानक बेहोस भएपछि उपचारका लागि कलैया अस्पताल लगिएको थियो ।कलैया अस्पतालले थप उपचारका…