केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २३ असोज ।तीर्थयात्री बोकेको एउटा जीप ताप्लेजुङमा सोमबार बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० छातेढुंगास्थित सुकेटार पाथीभरा सडक खण्डमा मे १ ज १३०८ नम्बरको जीप दुर्घटना हुँदा जीपका चालकसहित अरू तीनजना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार, दुर्घटनामा पाथीभरा दर्शन गरेर फर्किएकी उर्लाबारी नगरपालिका–४,…