काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । भारतको आसामका केही भू-भागहरू तथा भुटान र बंगलादेशको पूर्व भू-भाग सम्म मनसुनको आगमन भएको देखिन्छ । यस वर्षको मनसुन यसै साताको अन्त्य सम्ममा नेपालको पूर्वी भू-भागबाट प्रवेश हुने सम्भावना देखिएको छ…