काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नौ महिनाको अवधिमा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका ११० जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको छ । मन्त्रालयको पहलमा हालसम्म यसरी उद्धार गरिएका महिलाको सङ्ख्या ८१० रहेको बताइएको छ । मन्त्री नवलकिशोर साह सुडीले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विभिन्न नीतिगत तथा संरचनागत सुधारमा जोड दिएको जनाइएको छ…