काठमाडौं । पछिलो समय रियालिटी शोमा ब्यस्त गायक प्रमोद खरेलले डान्सिङ नम्बरको गीत बजारमा ल्याएका छन् । गायक खरलले आफ्नो 'प्रमोद खरेल एण्ड परम्परा' ब्याण्ड कन्सर्टका लागि नेपाल टुरमा निस्किनुअघि सोमबार नयाँ गीत 'लै लै लै...' सार्वजनिक गरेका हुन् । गायक खरेलको नयाँ गीतमा शब्द तथा संगीत कृष्ण केसीको छ भने योगेश काजीले एरेन्ज गरेका…