दमौली (तनहुँ)। व्यास नगरपालिकाले खेलकुदमार्फत धार्मिक तथा ऐतिहासिकस्थल जोड्ने प्रयास गरेको छ। धार्मिक पर्यटकीयस्थल व्यास गुफा र ऐतिहासिकस्थल तनहुँसुरलाई खेलुकदमार्फत जोड्न महिला आगामी बुधबार हाफ म्याराथन हुन लागेको हो। धार्मिकरुपमा परिचित व्यासगुफा र ऐतिहासिकस्थलको रुपमा परिचित तनहुँसुरलाई खेलका माध्यमबाट जोड्ने उद्देश्यसहित यही माघ १६ गते हाफ म्याराथन आयोजना हुने नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले जानकारी दिए।…