वीरगञ्जको गहवामाईमा बिहानैदेखि दशनार्थीको घुइँचो

वीरगञ्ज (पर्सा) । दुर्गापक्षअन्तर्गत आज पहिलो दिन वीरगञ्जको प्रसिद्ध मन्दिर गहवामाई भगवतीसहित जिल्लाका मन्दिरमा बिहानैदेखि दशनार्थीको घुइँचो लागेको छ । नवरात्रमा देवीका मन्दिरमा दर्शन गरी पूजाआजा गरेमा सुख, शान्ति प्राप्त हुने तथा विजयी भइने धार्मिक विश्वासका साथ जिल्लाका देवी मन्दिरमा दशनार्थीको घुइँचो लागेको हो । गहवामाई भगवती मन्दिरका मूल पुरोहित राधेश्यामप्रसाद उपाध्यायले गहवामाई भगवतीको दर्शन…

Logo