अमेरिकामा जो बाइडन राष्ट्रपति निर्वाचित बनेपछि उgको सरकारका एक वरिष्ठ प्रतिनिधिसँगको उच्चस्तरीय वार्तामा बेइजिङले अमेरिकालाई चिनियाँ नेतृत्वको ‘बद्नाम’ गर्ने काम रोक्न आग्रह गरेको छ । चीनका उपविदेशमन्त्री शी फङले अमेरिकाले चीनलाई ‘कल्पित शत्रु’ का रूपमा हेरेको हुनाले दुई देशबीचको सम्बन्धमा ‘तिक्तता’ बढेको बताए । अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मनसँगको वार्तामा चिनियाँ नेताले उक्त कुरा बताए ।…