भारतमा २३ करोडभन्दा बढी व्यक्तिलाई खोप लगाइएको प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्। आगामी दिनमा खोपको आपूर्तिलाई बढाइने उनले बताए। सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “भारतसँग स्वदेशमा नै निर्मित दुई खोप छन्। अहिलेसम्म मुलुकमा २३ करोडभन्दा बढी खोपको व्यवस्था गरिएको छ। खोप आपूर्ति आउने दिनमा बढ्ने छ। त्यसैगरी देशका सातवटा कम्पनीले बिभिन्न खोपहरू उत्पादन गर्दैछन्…