ब्राजिलमा शनिबार मात्र कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजारभन्दा बढीको मृत्यु भएको छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार शनिबार मात्र यहाँका ३ हजार ४३८ जना नागरिकको कोभिडको सङ्क्रमणबाट नै ज्यान गएको छ। ब्राजिलमा कोरोना महामारीका विरुद्धमा भएको तयारीस्वरुप पछिल्लो समयमा अस्पतालमा सेवा बढाइएको तथा खोपहरुको विस्तार गरिएको बताइए पनि मृत्यु हुनेको संख्या भने बढिरहेको छ। …