कोलम्बो, २६ असार । श्रीलङ्काका एकजना पत्रकारका हत्यारालाई दिइएको मृत्युदण्डको सजायको यहाँका पत्रकारहरुले स्वागत गरेका छन् । श्रीलङ्काको उच्च अदालतले सन् २०१४ मा पत्रकार मेलिसि गुणसेखराको हत्यामा संलग्न एक व्यक्तिलाई हालै मृत्युदण्ड दिने फैसला सुनाएको थियो । यस फैसलाको श्रीलङ्काका पत्रकारहरुले स्वागत गरेका सोमबार कोलम्बोबाट प्राप्त समाचारमा जनाइएको छ । श्रीलङ्कामा बिगतका कैयौँ वर्षदेखि पत्रकारको हत्या हुने…