बर्लिन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (इयु)बाट हुने आयातमा ५० प्रतिशत कर लगाउने धम्की दिएपछि जर्मनीका अर्थमन्त्री लार्स क्लिङबिलले आइतबार अमेरिकासँग ‘गम्भीर वार्ता’ गर्न आग्रह गरेका छन् । ट्रम्पले शुक्रबार ‘छलफल (इयुसँग) कतै पुगेको छैन’ भन्दै धम्की दिए र जुन १ देखि भन्सार शुल्क लागू हुने बताएका हुन् । यदि लगाइयो भने तिनीहरूले…