बर्लिन । जर्मनीको संसदको तल्लो सदन बुन्डेसटागको संरचना तय गर्न आइतबार मतदाताले मतदान गरेका छन् । निर्वाचन यसै वर्ष (सन् २०२५)को सेप्टेम्बरमा हुनुपर्ने भएपनि गत वर्ष सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी), ग्रीन्स र फ्रि डेमोक्र्याटिक पार्टीको वर्तमान सत्तारुढ गठबन्धन भत्किएपछि निर्धारित समयभन्दा अघि नै मध्यावधि निर्वाचनको घोषणा भएको हो । पछिल्लो सर्वेक्षणअनुसार क्रिश्चियन डेमोक्र्याटिक युनियन (सीडीयू)…