तेल अवीव । गत वर्ष डिसेम्बरको मध्यमा सिरियाका पूर्व राष्ट्रपति बसर अल–असदको पतन पछि इजरायली सेनाले सिरियाबाट तीन हजार ३०० भन्दा बढी हतियार बरामद गरेको दाबी गरेको छ । सेनाका अनुसार हतियारमा आर्मी ट्याङ्क, एन्टिट्याङ्क, आरपीजी लन्चर, शेल्स मोर्टार, मोर्टार बम, निगरानी उपकरण र अन्य हतियार समावेश छ । गाजा, लेबनान र सिरियाका युद्ध क्षेत्रहरूमा…