नयाँदिल्ली । दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात् साँढे जुधाइ प्रतियोगिताका क्रममा कम्तीमा सात व्यक्तिहरू मारिएका र अन्य ४०० भन्दा बढी घाइते भएका छन् । दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित कार्यक्रममा बिहीबार मृत्यु र घाइते भएका छन् । छुट्टाछुट्टै घटनामा दुई साँढेको पनि मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । पुड्डुकोट्टाईमा एक कार्यक्रमका क्रममा साँढेको…