किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र जर्मनीजस्ता पश्चिमा मित्रराष्ट्रहरूसँग लामो दूरीसम्म हान्न सक्ने हतियारको पहुँच युक्रेनलाई तत्काल दिनुपर्नेमा जोड दिएका छन् । जेलेन्स्कीले भनेका छन्, “अहिले युक्रेनी प्रथम उपप्रधानमन्त्री, रक्षामन्त्रीलगायत युक्रेनी प्रतिनिधिमण्डल वासिङ्टनमा काम सहयोग जुटाउनका लागि काम गरिरहेको छ ।” युक्रेनको उच्च प्राथमिकता रूसको आक्रमण रोक्न आफ्नो रक्षा…