रियाद, साउदी अरब । साउदी अरबले हज तीर्थयात्राको क्रममा एक हजार ३०१ जनाको मृत्यु भएको जनाएको छ । गर्मीको तनाव र अनधिकृत यात्राका कारण पाँचमध्ये चार जनाको मृत्यु भएको साउदी अधिकारीलाई उद्धृत गरी समाचारमा जनाएको छ । साउदी सरकारले ‘साउदी अरबको स्वास्थ्य सेवा तथा सुविधाले यस वर्ष गर्मीको कारण विरामी परेका धेरै मामिलालाई सम्बोधन गरेको…