अमेरिकाको क्यालिफोर्निया राज्यको एक मधुशालामा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा चार जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका प्रहरीले जनाएको छ । घटनामा गोली चलाउनेको पनि मृत्यु भएको छ । गोलीहानाहान भएका बेला सरकारी अधिकारी पनि भएकाले आक्रमणकारी पनि मारिएको बताइएको छ । घटनामा कुनै पनि सरकारी अधिकारी घाइते भएका छैनन् । …