अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जिया चुनावमा धाँधली गरेको आरोपमा बिहीबार आत्मसमर्पण गर्ने भएका छन्। सोमबार ट्रम्पले सामाजिक सञ्जाल पोस्टमार्फत यो जानकारी दिएका हुन्। उनले लेखेका छन् कि उनलाई कट्टर वामपन्थी जिल्ला वकिल फानी विलिसले गिरफ्तार गर्नेछन। जर्जिया चुनावमा छेडछाड गरेको र चुनावी नतिजा उल्ट्याउन खोजेको आरोपमा डोनाल्ड ट्रम्प र अन्य १८ जनाविरुद्ध गत हप्ता अभियोग…