अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरिसकेको छ तर पनि अमेरिकी सरकार अफगानिस्तानको तालिबान सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ। हालै वरिष्ठ अमेरिकी कूटनीतिज्ञहरूको टोलीले तालिवान प्रतिनिधिमण्डललाई भेटेको खबर आएको छ। भेटवार्ता गत जुलाई ३० र ३१ मा कतारको राजधानी दोहामा भएको थियो। बैठकमा अफगान पक्षबाट तालिबानका प्रतिनिधि र प्राविधिक विज्ञहरुको सहभागिता रहेको थियो। अमेरिकी टोलीको नेतृत्व…