दक्षिणी थाइल्याण्डको एउटा आतिशबाजी कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने ११५ भन्दा बढी घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार नरथिवास प्रान्तको सुङ्गाई कोलोक सहरमा रहेको पटाका कारखानामा विस्फोट भएको हो। अहिलेको अवस्था हेर्दा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ। यस विष्फोटका सम्बन्धमा सहरका गभर्नर सानन…