जापानका प्रधानमन्त्री फुमियो किशिदाले प्रधानमन्त्रीको सरकारी निवासमा आफ्नो छोराले ‘अनुपयुक्त व्यवहार’ गरेकाले आफ्नो निजी सचिवबाट हटाउने बताएका छन् । प्रधानमन्त्रीका छोरा शोतारो किशिदाले गत वर्ष प्रधानमन्त्रीको सरकारी निवासमा आफन्तहरूलाई निम्त्याएर भोज गरेको समाचार तस्बिरसहित गत साता एक पत्रिकाले प्रकाशन गरेपछि प्रधानमन्त्रीले छोरालाई पदबाट हटाउने घोषणा गरेका हुन् । ‘गत वर्ष सार्वजनिक स्थानमा उनले गरेको व्यवहार…