सरकारलाई सचेत गराउन पूर्वप्रधानमन्त्री खानको माग

पाकिस्तानका पूर्वप्रधानमन्त्री एवम् पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पिटिआई)का अध्यक्ष इमरान खानले सरकारले आगामी आम निर्वाचन स्थगन गर्नसक्ने भएकाले संविधान उल्लङ्घन हुन नदिन सरकारलाई सचेत गराउन माग गरेका छन् ।  नेता खानले आज भिडियो लिङ्कमार्फत आफ्नो पार्टीका कार्यकता तथा समर्थकलाई सम्बोधन गर्दै शासकहरूबाट भएको संवैधानिक प्रावधानको उल्लङ्घन रोकिनुपर्नेमा जोड दिँदै न्यायालयलाई त्यसमा हस्तक्षेप गर्न आग्रह गरेका हुन्…

Logo