साउदी अरब र इरानी विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा उनीहरूले हालै भएको ऐतिहासिक द्विपक्षीय मेलमिलाप सम्झौता कार्यान्वयन गर्न शीघ्र भेट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले होसेन अमिर–अब्दुल्लाहियानलाई फोन गरेर आजदेखि प्रारम्भ भएका पवित्र महिना रमजानको अवसरमा बधाई तथा शुभकामना आदानप्रदान गरेकाे साउदी विदेश मन्त्रालयले ट्विटरमा…